मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु……

टाइम्स अफ नेपाली
@TimesOfNepali

मलाई हेर्दै मक्ख पर्छ कस्तो फटाहा भिनाजु……

मलाई हेर्दै मक्ख पर्छ कस्तो  फटाहा भिनाजु !

दिदी नहुँदा फोन गर्छ कस्तो  फटाहा भिनाजु !

मलाई हेर्दै मक्ख पर्छ कस्तो  फटाहा भिनाजु !

दिदी नहुँदा फोन गर्छ कस्तो  फटाहा भिनाजु !

लाजै बिना बहानामा हरदिन ससुराली धाएर,

सधैँ कर्के आँखा तर्छ कस्तो फटाहा भिनाजु !

खाना बनाएर आमाले  खान  बोलाउँदा खेरी,

बहाना बनाई पर सर्छ कस्तो फटाहा भिनाजु !

दिक्क लायौ भेना अब दिदीलाई भन्छु भन्दा ,

आँखाभरी आँसु  भर्छ कस्तो फटाहा भिनाजु !

मैले भने भिनाजुलाई बुवा समान मान्दै आएँ ,

उ चैँ तड्पि ज्युँदै मर्छ कस्तो फटाहा भिनाजु !

_______गजल_________

लक्ष्मी आचार्य 

इटहरी – ३, सुनसरी 

( डियर कल्याण साहित्य प्रतिष्ठान )

प्रकाशित मिति २९ आश्विन २०७६, बुधबार १२:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस

 
प्रतिक्रिया दिनुहोस