एसियाको कुनै पनि देशमा नभएको जनावर नेपालमा, एउटैको मूल्य ७ लाख ( भिडियो हेरौ)

काठमाडौ – मकवानपुरको पर्यटकीय गन्तव्य चित्लाङ हरेक सम्भावनाले भरिपूर्ण छ । यो भेग कृषि, पशुपालन र पर्यटकिय दृष्टिले निकै महत्वपूर्ण छ । राजधानी काठमाडौंबाट करिव ६० किमीको पश्चिम दक्षिण दिशामा अवस्थित चित्लाङका बारेमा धेरैलाई थाहा हुन सक्छ । तर त्यही चित्लाङमा यस्तो अनौठो जनावर पनि पालिएको छ , त्यसको बारेमा भने कमैलाई मात्रै थाहा होला । नजिल्लाको थाहा नगरपालिका वडा नम्वर १० मा पर्ने बिसिङखेल भन्ने ठाउँमा यो जनावर पालिएको हो ।

झट्ट हेर्दा यो जनावर ऊँट जस्तो देखिन्छ भने नियालेर हेर्दा भेडा र घोडाको प्रजाति जस्तो देखिन्छ । घाँटी र टाउको ऊँटको जस्तै छ । यसको हिडाई पनि ऊँट जस्तै छ । रौँ हेर्दा भेडा जस्तो देखिन्छ । पुच्छर भने घोडाको जस्तो छ । तर यो जनावर ऊँट, घोडा वा भेडा मध्ये कुनै पनि होईन भन्ने सुन्दा अचम्म लाग्न सक्छ । आखिर के रहेछ त यो अचम्मको जीव ? जर्मन भाषामा यसलाई अल्पाका भनिदो रहेछ । नेपालीमा पनि यहि नामले चिनिन्छ ।

भिडियो

प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार १०:४५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस