म १७ वर्षीया अविवाहित यु’वती हुँ, म सङ्ग प्रेम गरि ………..

म १७ वर्षीया अविवाहित युवती हुँ, के हिस्टोरिया रोग बिहे गरेपछि ठिक हुन्छ त ?

म एक १७ वर्षीया युवती हुँ । म विगत पाँच वर्षदेखि पटक–पटक बेहोस हुने समस्याबाट पीडित छु । मेरो यो समस्याको निदानका लागि घरमा धामी–झाँक्री बोलाउनेदेखि विभिन्न अस्पतालमा पु¥याएर उपचार गर्ने क्रम अहिले पनि जारी छ । मैले छारे रोगको औषधि पनि सेवन गरिसकेकी छु । तर, मेरो समस्या समाधान भएको छैन । स्वास्थ्य जाँचकै क्रममा कतिपय स्वास्थ्यकर्मीले हिस्टेरिया भएको र यसको उपचारका लागि बिहे गरिदिनुपर्छ भन्ने सल्लाह मेरो अभिभावकलाई दिएका छन् । म अहिले ११ कक्षामा अध्ययनरत छु । बिहे नगर्ने पक्षमा छु । हिस्टेरिया भनेको के हो रु के यो बिहे गरेपछि निको हुने रोग हो रु मैले भोगिरहेको समस्या समाधान गर्न के गर्नुपर्ला ?

उपचार हुने युगमा पनि हिस्टेरियाले गर्दा तपाईंले भोग्नुपरेको मानसिक तथा शारीरिक पीडा सुन्दा दुःख लाग्यो । नेपालमा हिस्टेरियाको बारेमा सर्वसाधारणमा त पर्याप्त भ्रम छ नै, कतिपय स्वास्थ्यकर्मीमा पनि यो रोगबारे विभिन्न भ्रम रहेको पाइन्छ । स्वास्थ्यकर्मीले नै गलत धारणा सार्वजनिक गर्ने अवस्थाको अन्त्य नभएसम्म सर्वसाधारणको भ्रम हटाउन मुश्किल छ ।

मेडिकल क्षेत्रमा आजभोलि यो शब्दको प्रयोग नगर्ने वा प्रयोग गर्न हतोत्साहित गर्ने रणनीति चिकित्सकहरूले लिएका छन् । यसको कारण भनेको हिस्टेरियालाई स्वास्थ्यसँग सम्बन्धित समस्याभन्दा पनि यौ*न चाहना बढी भएपछि हुने वा यौ*न चाहना पूरा नभएको अवस्थामा हुन सक्ने समस्या भनेर गलत ढंगले व्याख्या गर्ने प्रवृत्ति मौलाएको कारणले गर्दा नै हो ।यो रोगको वैज्ञानिक उपचार सम्भव छ । उपचारका लागि दक्ष मनोचिकित्सक वा तालिमप्राप्त अन्य चिकित्सक कहाँ गएर विस्तृत रूपमा मनोविश्लेषण गरी कुन रोग हो, यकिन गर्नुपर्छ । वास्तवमै डिसोसिएटिभ डिसअर्डर हो भने मनको कुण्ठालाई केलाएर त्यसको समाधानका लागि मनोपरामर्श गर्नुपर्छ ।

मनोपरामर्शबाट बिरामीको समस्या समाधान नभएमा बिरामीलाई चित्त बुझाउने अन्य उपायको खोजी गर्नुपर्ने हुन्छ । अन्य शारीरिक वा मानसिक लक्षण भए सोहीअनुरूप औषधि पनि खानुपर्ने हुन्छ । त्यसैले यो रोग बिहे नभएकै आधारमा लाग्ने होइन । यस्तो समस्या पुरुषमा पनि देखिन सक्छ । बिहे गर्दैमा यो समस्या समाधान पनि हुँदैन ।

बिहेसँग मात्र यो रोगको सम्बन्ध हुँदैन । मनको कुण्ठामा से*क्स पनि एउटा अंश हुन सक्छ । तर, पूरै से*क्ससम्बन्धी कुण्ठाका कारण यो रोग लाग्छ भन्नु वैज्ञानिक दृष्टिबाट अपूर्ण हुन जान्छ ।सैले, तपाईं आफ्ना अभिभावकलाई मैले यहाँ उल्लेख गरेका विषयबारे बुझाउने कोसिस गर्नुहोला । अन्य चिकित्सककोमा धाइरहनुभन्दा एक पटक मनोचिकित्सकलाई भेटेर आफ्ना समस्या खुलस्त बताउनुस् ।

जसबाट तपाईंको वास्तविक समस्या पत्ता लाग्ने र उपचारका लागि सहयोग पुग्नेछ । तपाईं भर्खर १७ वर्षको हुनुहुन्छ र १२ वर्षदेखि नै यो समस्या भोग्दै आउनुभएको छ भने तपाईंले उपचारमा ढिलो गर्नुभयो भने रोगले अझै च्याप्ने अवस्था आउँछ । त्यसैले अभिभावकलाई सम्झाएर तपाईं उपचारका लागि सही चिकित्सककोमा जानुभयो भने तपाईंको रोग निःसन्देह निको हुन्छ । अमेरिकन खबर डटकम बाट ।

 

 

 

प्रकाशित मिति ५ कार्तिक २०७६, मंगलवार ११:४४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस