मन्त्री बनेको ६ महिना नबित्दै श्रीमति, सालो र भान्जोलाई खुवाए आकर्षक जागिर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आशलाग्दा युवा नेताकारूपमा परिचित योगेश भट्टराई अहिले पर्यटन मन्त्री बनेका छन् । स्व. रविन्द्र अधिकारीका उत्तराधिकारीकारुपमा पर्यटन मन्त्रालय सम्हालेका उनीबाट जनताले धेरै आशा राखेका छन् । तर, जनताका आशा अनुरुपको काम उनले गर्न सकेका छैनन । राष्ट्रियगान, हवाई जहाजमा लफडा लगायतका विवादको भूमरीमा भट्टराई यस अघि नै फसिकेका छन् । भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपालले राखेको छ । तर, मन्त्री भट्टराईको नेतृत्वमा २० लाख पर्यटक भित्र्याउन मुस्किल रहेको विश्लेषण भइरहेको छ । त्यसको कारण मन्त्री भट्टराईको कार्यशैली नै रहेको बताइन्छ ।

किनकी भट्टराईले अहिले धमाधम आफन्तलाई जागिर खुवाउन व्यस्त छन् । मन्त्री बनेको ६ महिना नबित्दै उनले चार जना आफन्तलाई आकर्षक जागिर खुवाईसकेका छन् । उनले श्रीमति बिन्दा घिमिरेलाई नर्सिङ परिषदको प्रमुखमा नियुक्त गरेका छन् । जुन, आकर्षक पद हो । यस्तै भट्टराईले आफ्नो लाईलाई समेत जागिर खुवाएका छन् । उनका साला विश्म्भर घिमिरेलाई नेपाल भ्रमण बर्षको सचिवालयमा नियुक्त गरेको स्रोतले जानकारी दियो । भट्टराईका भान्जा पिताम्बर सिग्देलले समेत मामाको निगाहमा जागिर खाएका छन् । उनलाई भट्टराईले भ्रमण बर्षको सचिवालयमै नियुक्ती दिलाएका छन् ।

यस्तै स्वकिय सचिव प्रेम गुरागाईँकी श्रीमतिलाई समेत भट्टराईले जागिर खुवाएका छन् । गुरागाईँकी श्रीमति भूमिका पौडेललाई नेपाल पर्यटन बोर्डमा नियुक्ती दिइएको छ ।

(मिडिया डबलीबाट)

प्रकाशित मिति ९ कार्तिक २०७६, शनिबार १२:२६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस