प्रचण्डलाई बाबुरामको प्रश्‍न : के तपाईं ‘डुप्लिकेट’ माओवादी हो ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिमाथि उनकै पूर्वसहयोद्धा डा।बाबुराम भट्टराईले प्रश्न गरेका छन्।मोरङमा शुक्रबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले मदन भण्डारीसँगको आफ्नो सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै बाबुरामले यस्तो प्रश्न गरेका हुन्। सामाजिक सञ्जालमा सक्रिय बाबुरामले ट्विटरमार्फत् प्रचण्डलाई प्रश्न गरेका हुन्।भट्टराईले ट्वीटमा प्रचण्डलाई दोहोरो चरित्रको नेता भएको आरोपसमेत लगाएका छन्।

उनले माछा देखेभित्र हात सर्प भए बाहिर हात कहिलेसम्म भन्दै प्रचण्डको विरोध गरेका हुन्।ुपुष्पलाल ओरिजनल नभएपछि उनका राजनीतिक सन्तान पनि हुने कुरा भएन १ आखिर तपाईंको ओरिजनल र डुप्लिकेट अवतार कसरी चिन्ने रुु, बाबुरामले ट्विटमा लेखेका छन्, आफूलाई चौ म को मदन भण्डारी पनि भन्न भ्याउनुभएछ, पछि मदन र म सानैमा छुट्टिएका एउटै आमाका सन्तान पनि भन्ने हो किरु यसरी माछा देखेभित्र हात सर्प भए बाहिर हात कहिलेसम्म ?सँगै प्रचण्डको आफू ओरिजनल माओवादी होइनु भन्ने भन्ने अभिव्यक्तिमाथि डा.भट्टराईले तपाईं डुप्लिकेट माओवादी हो ? भन्ने प्रश्न गरेका हुन्।

प्रचण्डले भनेका थिए, इतिहासमा कहिलेकाहीँ बडो विचित्रको संयोग हुँदो रहेछ, म पनि ओरिजिनल चौँथो महाधिवेशन अथवा ओरिजिनल मसाल वा ओरिजिनल माओवादी होइन, तपाईंलाई ओरिजिनल नै होला जस्तो लागेको होला, मैले २०२८ सालमा पार्टी सदस्य लिएको पुष्पलालबाट हो। याे समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रकाशित मिति ११ कार्तिक २०७६, सोमबार ०९:०९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस