सन्दीप लामिछानेले राखे नयाँ विश्व रेकर्ड, राखे नेपालीको सान बधाई दिँउ

काठमाडौं : मर्नुस लबुस्चग्ने गत वर्ष ५ सय ८६ खेल खेल्दै सर्वाधिक व्यस्त क्रिकेटर थिए । जोए रुटले सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेले । अलेसा हेली सबैभन्दा धेरै खेल खेल्ने महिला क्रिकेटर बनिन् । विराट कोहली अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै बल झेल्ने क्रिकेटर बने । गत वर्षका यी विश्व रेकर्डलाई टक्कर दिने गरी यस वर्ष नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन् सन्दीप ।

सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि शीर्ष स्थानमा छन् । उनीहरुले सबैभन्दा धेरै ८ देशमा खेलेका हुन् । इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय खेल सुरु गरेका सन्दीपले अष्ट्रेलियाको बिग बास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र हङकङका खेल खेलिसकेका छन् ।यससँगै सबैभन्दा धेरै बलिङ गर्ने क्रिकेटरको दोस्रो सूचीमा पनि छन् सन्दीप । लामिछानेले अहिलेसम्म टी ट्वान्टीमा ९ सय ८५ पटक बलिङ गरिसकेका छन् ।

श्रोत अन्नपूर्ण

प्रकाशित मिति १५ कार्तिक २०७६, शुक्रबार ०९:१८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस