बागलुङमा ठुलो भूकम्पको धक्का / हेर्नुहोस।

बागलुङ / बागलुङमा  बिहानै भूकम्पको धक्का महसुस भएको छ । भुकम्प मापन केन्द्रका अनुसार भुकम्पको केन्द्र बागलुङ पश्चिम बागलुङको तमानखोला गाउँपालिकाको खुङखानी नजिकै केन्द्रबिन्दु बनाएर गएको हो । केन्द्रले जनाए अनुसार शुक्रबार बिहानै ३ बजेर ५१ मिनेट जाँदा ४.५ रेक्टरस्केलको भुकम्प गएको हो । भुूकम्पको पराकम्पन पर्वत, कास्की, म्याग्दीमा धक्का महसुस गरिएको छ । भने भूकम्पबाट कुनै क्षती भने भएको छैन ।

अन्य समचार:-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित सबै देशको भाउ बढेको छ। नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७८ पैसा रहेको छ।साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३४ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २५ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९ पैसा तथा बिक्रिदर २३ रुपैयाँ २० पैसा रहेको छ।त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रिदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ ।

युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९८ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३ सय रुपैयाँ २१ पैसा तथा बिक्रिदर ३ सय १ रुपैयाँ ८० पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७३ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३ सय ७५ रुपैयाँ ८ पैसा रहेको छ ।

प्रकाशित मिति १५ कार्तिक २०७६, शुक्रबार ११:१७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस