एक पल्ट पढ्नुहोला जेलभित्र पानी माग्दा मुखमा पि’साब गरिदिने जेलरलाई जब आफु राष्ट्रपति भएपछि भेटे तव घट्यो नसोचेको घटना

एजेन्सी,दक्षिण अफ्रिकाका राष्ट्रपति नेल्सन मण्डेला काला जातीहरुको अधिकारका लागि बर्षौं संघर्ष गरे, जेल नेल भोगे अनेक हण्डर खाए । उनि जेल पर्दा जेलभित्र धेरै यातना दिइयो । यहाँसम्मकी उनले पिउने पानी माग्दा जेलरले उनलाई मुखमा पिसाब फेरिदिएका थिए ।

जब नेल्सन मन्डेला दक्षिण अफ्रिकाका राष्ट्रपति बने त्यसपछि एक दिन यस्तो घटना घट्यो जसले जुन घटना उनको जीवनका लागि अविश्मरनिय बन्यो।मन्डेला आफ्नो सुरक्षाकर्मीहरूको साथमा एउटा रेष्टुरेण्टमा खाना खान गए।सबैले आ–आफ्नो मनपर्ने खाना अर्डर दिए र खानाको प्रतिक्षा गर्न थाले ।

त्यसै समयमा मण्डेलाको कुर्सी नजिक एक जना ब्यक्ति पनि खानाको प्रतिक्षा गरि राखेका थिए । मण्डेलाले आफ्नो सुरक्षाकर्मीलाई ती ब्यक्तिलाई पनि आफ्नो टेबलमा बोलाउन भने।अर्डर बमोजिमको खाना आएपछि सबैले खाना खान थाले ।ति ब्यक्तिले पनि खाना खान थाले । तर खाना खाँदा उसको हात र शरीर काँपिरहेको थियो ।

उसको निधारबाट पसिनाको धारा बगिरहेको थियो । खाना खाई सकेर ती ब्यक्ति शिर झुकाएर फ़टाफट होटलबाट निस्किए ।ति ब्यक्ति खाना खाएर गए पछि मण्डेलाका सुरक्षा अधिकारी ले मण्डेलालाई भने, ‘राष्ट्रपति महोदय, ती ब्यक्ति धेरै बिरामी देखिन्छन् ।

खाना खाने समयमा उसको हात र शरीर लगातार काँमिरहेको थियो । पसिना पनि आइरहेको थियो । र उनी साह्रै आत्तिएका देखिन्थे ।’मण्डेलाले भने, तपाईले सोचेको ति ब्यक्तिको हात र शरीर काँप्नुको कारण कुनै बिरामी होइन ।

बास्तबमा मलाई जुन जेलमा बन्दी बनाएर राखिएको थियो, ती ब्यक्ति त्यो जेलका जेलर थिए ।’मेण्डेलाले अगाडि भने ‘जब उनले मलाई यातना दिन्थे म बेदना सहन नसकेर चिच्याई–चिच्याई पानी माग्थे तब ती ब्यक्तिले मेरो मुखमा पिसाब गरिदिन्थे ।’मण्डेलाले फ़ेरि अगाडि भने ‘अहिले म देशको राष्ट्रपति छु ।

सायद उसलाई लाग्यो होला उसको साथ पनि मैले त्यस्तै व्यवहार गर्नेछु । तर, मेरो चरित्र त्यस्तो छैन । मलाई लाग्छ कि बदलाको भाबनाले काम गर्दा विकासतिर होइन विनाशतिर गइन्छ । धैर्य र सहिष्णुताको मानसिकता भएमा मात्र हामी सबै बिकासतर्फ बढ्न सक्छौं ।

 

प्रकाशित मिति १९ कार्तिक २०७६, मंगलवार १०:५६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस