प्रचण्डकी नातिनी स्मिता र टंकले ल्याए ‘चिटिक्कै परी बस’ (भिडियोसहित)

‘चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता नेपालका शब्द छन् भने दिपक शर्माको संगीत

टंक बुढाथोकी र प्रचण्डकी नातिनी स्मिता दाहालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।‘चिटिक्कै परी बस’ बोलको गीतमा सुनीता नेपालका शब्द छन् भने दिपक शर्माको संगीत छ । यस्तै गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा सरोज अधिकारी, आश्मा विश्वकर्मा, दीपिका कार्की लगायतले अभिनय गरेका छन् भने सरोज ओलीले भिडियोको निर्देशन गरेका हुन् । रोमान्टिक गीतको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने अर्जुन केसीले सम्पादन गरेका हुन् ।

भिडियो 

 

प्रकाशित मिति १९ कार्तिक २०७६, मंगलवार १२:४८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस