खुशीको खबर झापाका एक महिला लाई मृगौला फेर्न प्रधानमन्त्री ओलि फेरि सिंगापुर जाँदै !!

काठमाडौं। प्रधानमन्त्री केपी ओली उपचारका लागि फेरि सिंगापुर जाने भएका छन् ।ओली सम्भवतः आगामी साता सिंगापुर जानेछन् । १२ वर्षअघि भारतमा मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका छन् । मृगौला प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आएका ओलीको औषधिका कारण रोगप्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण समय समयमा स्वास्थ्यामा समस्या देखिने गरेको छ । मृगौलाले राम्ररी काम गर्न छाडेपछि गत साउन १८ र भदौ ५ मा पनि ओली सिंगापुर गएका थिए ।

त्यहाँ उनको प्लाज्माफेरेसिस गराइएको थियो । शरीरमा हुने एण्टिबडीका कारण प्रत्यारोपण गरिएका बिरामीको मिर्गौलालाई अस्वीकार गर्ने सम्भावना हुन्छ। ओलीमा त्यही समस्या देखिएको चिकित्सकहरु बताउँछन। एण्टीबडी फाल्ने विधिलाई प्लाज्माफेरेसिस भनिन्छ । केही दिनअघि ज्वरो भएका कारण प्रधानमन्त्रीलाई ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।

प्रकाशित मिति २० कार्तिक २०७६, बुधबार १२:२४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस