कमला घिमिरिको पहिलो गित एक घण्टामा दुई लाख भ्युज / भिडियो

यस म्युजिक भिडियोमा नेपाली लोक दोहोरी क्षेत्रका अधिकांश गायक गायिका मोडलहरु सबै उपस्थित हुनुभएको छ। कमलालाई सांगीतिक क्षेत्रमा उज्वल भबिष्यको कामना गर्दै सम्पूर्ण स्थापित कलाकारकर्मीले साथ हौसला दिनुभएको छ’ भने सुभारम्भ डिजिटल यूट्युब च्यानल मार्फत बजारमा आएको छ।

काठमाडौं। कमला घिमिरे पछिल्लो समय निकै चर्चामा छिन्। उनले गाएको चिया छानेको गीत भर्खरै सार्वजनिक भएको छ। विगत केही दिनदेखि खोजी सुचिमा रहेको गीत अन्ततः दर्शक माझ आइपुगेको छ बाल गायिका कमलाको लागि संगीत यात्रा अझ खुलेको छ। लोकप्रिय सर्जक रमेश बिजिको शब्द र चर्चित सर्जक तथा गायक खेम सेन्चुरीको लयमा कमलाको संगीत यात्राको लागि गुरु अमृत सापकोटा र कमलाको स्वर रहको यस गीतमा थुप्रै ख्याति प्राप्त कलाकारहरुलाई सजिलै देख्न सकिन्छ।

 

प्रकाशित मिति November 13, 2019
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस