भिडियोमा हेर्नुहोस् ठमेलको ना’इट क्लबमा पूर्व राजा र हिमानीको डान्स

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको ना’इट क्लब पुगेर सबैलाई सर्प्राइज दिएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रि’ङ्क्स (एल ओडी) पुगेका हुन् । प्रायः युवाहरु मात्र पुग्ने एल ओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु आश्चर्य चकित बनेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए ।

पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । यसअघि पूर्व युवराज पारस शाह आफ्ना छोराछोरीसँग एलओडी पुगेका थिए । पूर्व राजा शाहले त्यहाँ उपस्थित युवाहरुसँग तस्विर र सेल्फी पनि खिचाएका थिए । शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब म’स्ती गरेको भिडियो सार्वजनिक भएको छ।

नाइट क्लबमा पुगेर शाहले विदेशी र स्वदेशी ग्राहकसँगसँगै नाचगानमा सहभागी भए। शाहले नाचकै क्रममा आफ्नो लगाएको कोट पनि फुकाल्न पुगेका थिए । पूर्व राजाको साथमा हिमानी शाह पनि त्यही डान्स पार्टीमा सहभागी भई ससुरालाई साथ दिएकी थिइन्। शाहको डान्स हेर्न नायिका रिमा विश्वकर्मा, केकी अधिकारी लगायतका नायिका पनि क्लबमा देखिएका थिए। भिडीयो यहाँ लिंकमा छ

प्रकाशित मिति ४ मंसिर २०७६, बुधबार ०९:५०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस