भारतमा रहेका ४२ हजार गोर्खा सैनिकलाई देश बचाउन फिर्ता आउन आवहान (भिडियो हेर्नुस्)

काठमाडौं मंसिर । नेपालको भूभागलाई पनि दावी गर्दै आफ्नो बनाउने भारतमा ४२ हजार नेपाली गोर्खा सैनिकको रुपमा भारतको भूभाग रक्षाको लागि सकृय छन् । भारतको अन्य मुलुकसंग टसल पर्दा ज्यान गुमाउने नेपाली सैनिक हुन् । पछिल्लो समय भारतले नेपालको भूभाग कालापानी लगायतका क्षेत्रलाई आफ्नो भनेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेको छ । जसका कारण नेपाल भारतबीच सम्बन्धमा चिसो पन आएको छ ।

राजनीतिक दल र सर्वसाधारण सबैले त्यसको विरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भारतलाई नेपाली भूमीवाट आफ्ना सैनिक फिर्ता लैजान सार्वजनिक अपिल गरिसकेका छन् । प्रधानमन्त्रीको यो भनाईले भारतमा हलचल मच्चाएको छ । प्रधानमन्त्रीले त्यस्तो आह्वान गरे लगत्तै भारतीय राजदुत श्यामशरण नेपाल आएका छन् । तर उनको भ्रमणलाई गोप्य राखिएको छ । यस अघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तर्फवाट अन्तराष्ट्रिय विज्ञलाई दुत बनाएर नेपाल पठाएका थिए । उनले यहाँका राजनीतिक दलसंग कुराकानी गरेका छन् ।

३ गते देखी पोखरामा नेपाल भारत सीमा सुरक्षा बैठक सुरु भएको र सो बैठकलाई प्रभावित पार्ने मनसायले श्यामशरण नेपाल आएको कुरा सिमा बिज्ञ हेमन्त सेढाईले बताएका छन् । उनले भारतीय सिमाना रक्षाका लागि तैनाथ ४२ हजार नेपालीहरुलाई नेपाल फर्कन आह्वान गरेका छन् । भारतीय भूमी रक्षाका लागि ज्यानको वाजी लगाएर लड्ने ४२ हजार सेना अब नेपाली भूमी रक्षाका लागि फिर्ता आउनुपर्ने उनको भनाई छ ।

 

प्रकाशित मिति ६ मंसिर २०७६, शुक्रबार १३:३०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस