पूर्वराजा ज्ञानेन्द्रले पठाए ओली सरकारलाई नै यस्तो कडा सन्देश, अब के होला ? सक्दो सेयर गरौं !!

काठमाडौ । नेपाल वायुसेवा निगमको बक्यौताको विषय नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कडा ढंगले उठाएपछि तनावमा परेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफूसँग सम्बन्धित बक्यौता सरकारले तिर्नुपर्ने धारणा राखेका छन् । निगमको जहाज प्रयोग गरेवापतको रकम भुक्तानी नगरी बक्यौता रहेपछि उक्त रकम पूर्वराजा शाहले तिर्ने कि सरकारले तिर्ने भन्ने विवाद रहिरहँदा पूर्वराजा शाहले आफ्नो केही विश्वासपात्रहरुसँग उक्त बक्यौता रकम सरकारले तिर्नुपर्ने धारणा व्यक्त गरेका हुन ।

पूर्वराजाका विश्वासपात्र एवम् शाहीकालीन एक मन्त्रीले पुर्व राजा शाहको भनाई उद्रित गर्दै भने – ‘‘हामीले निगमको जहाज व्यक्तिगत रुपमा नभई राष्ट्रप्रमुखका हैसियतले प्रयोग गरेका हौ । त्यसैले यसको हिसाव किताव सरकारले नै व्यहोर्ने हो । अहिले आएर विवाद निकाल्नु हामीलाई अचम्म लागिरहेको छ । यस विषयमा हामीले सरकारलाई सन्देश पनि पठाईसकेका छौ । यति हुँदा पनि हामीलाई के लाग्छ भने, हामीलाई बद्नाम गराउने काम पो भईरहेको छ कि ?’’

निगमका अनुसार पूर्वराजाले राष्ट्रप्रमुखको हैसियतमा प्रयोग गरेको जहाजको भाडाबापत झण्डै पाँच करोड रुपैयाँ बक्यौता रहेको छ । पूर्वराजा शाहले विभिन्न समयमा विमान चार्टर गरेबापतको वक्यौता रकम तिरेका छैनन् । शाहले ४ करोड ९० लाख रुपैयाँ तिर्न बाँकी रहेको निगमले बताएको छ । जुन रकम पूर्वराजा शाहकै नाममा बक्यौता राखिएको छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम कसरी असुल गर्ने भन्नेमा अन्योलता कायम नै रहेको छ ।

यस्तै निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भएको छ । दसैँ, तिहार तथा छठका अवसरमा कम्पनीले ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा उक्त छुटको घोषणा गरेको हो । घटस्थापनादेखि लागू हुनेगरी ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई दिइने छुट इन्धन र करबाहेकको भएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो । त्यस्तै ८५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले ५०० मात्रै तिरेर श्री एयरलाइन्सको जहाज चड्न पाउने कम्पनीले जनाएको छ ।

छुटको टिकट लिनका लागि ज्येष्ठ नागरिकले नागरिकता वा उमेर खुल्ने परिचयपत्र पेश गर्नुपर्नेछ । बिक्री काउन्टर वा एयरलाइन्सको एप वा वेबसाइटबाट टिकट लिएकाले सो सुविधा पाउने जनाइएको छ । एउटा उडानमा अधिकतम दुई जनाले मात्रै सो सुविधा पाउने कम्पनीले स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो वर्ष दिनको कार्ययोजनामा ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छुटको घोषणा गर्नुभएको थियो । त्यसको कार्यान्वयनका रुपमा पहिलोपटक राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले केही दिनअघि विज्ञप्ति निकालेर ५० प्रतिशत छुटको घोषणा गरेको थियो ।

निजी क्षेत्रकातर्फबाट श्री एयरलाइन्सले ज्येष्ठ नागरिकका लागि छुटको अफर ल्याएको हो । श्री एयरलाइन्ससँग चार वटा सिआरजे २०० र दुई सिआरजे ७०० जहाज छन् । आन्तरिक उडानमा चार ९दुई सिआरजे २०० र दुई सिआरजे ७००० जहाजले चन्द्रगढी, विराटनगर, राजविराज, भैरहवा, नेपालगञ्ज र धनगढी उडान भर्दै आएको छ ।

प्रकाशित मिति January 1, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस