‘इन्द्रेणी’ मा पशुपति शर्मा र बबिता बानिया जेरीको बेजोड घम्सा घम्सी दोहोरी

काठमाडौं / एबिसी टेलिभिजनबाट प्रसारित इन्द्रेणी कार्यक्रमको लोकप्रियता लोभलाग्दो छ । युवा देखि बृद्धा सम्मले रुचाउने इन्द्रेणी कार्यक्रमले नेपालको विभिन्न जिल्ला पुगेर दुरदराजको आवाजहलाई जस्ताको तस्तै प्रस्तुत गर्दै आइरहेको छ । गरिब दिनदुखी पीडितहरुको भगवान बनेर सेवा गर्दै आएको इन्द्रेणी कार्यक्रमले अहिलेसम्म धेरै पीडितहरुलाई सहयोग गरिसकेका छन् ।

इन्द्रेणीमा प्रसारण हुने दोहोरी सुन्नमा छुट्टै आनन्द आउँछ भन्दा फरक नपर्ला किनकि, हरेक हप्ता स्टुडियोमा अग्रज देखि देखि अनुज कलाकाहरुलाई बोलाउँदै उत्कृष्ट दोहोरी प्रस्तुत गर्ने गर्दछ ।

यश हप्ता दर्शक स्रोताको अत्याधिक माग पछि चर्चित गायक पशुपति शर्मालाई इन्द्रेणी टिमले स्टुडियोमा बोलाएका छन् । गायक शर्मा र बबिता बानिया जेरीको उत्कृष्ट रोचक घम्सा घम्सी दोहोरी चाडै हेर्न र सुन्न पाउने भएको छ ।

प्रकाशित मिति २५ पुष २०७६, शुक्रबार ०९:१४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस