अमेरिकाले यस्तो मिसाइल हानेर खसाएको थियो इरानको विमान, हेर्नुस भिडियो सहित

शकास्पद छ’ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानको तेहरानमा दुर्घटना भएको युक्रेनको बोइङ ७४७ विमानबारे गरेको टिप्पणी हो यो । उता, बेलायत र क्यानाडाले पनि १७६ यात्रु सवार पीएस७५२ विमानलाई दु’र्घ’टनाअघि इरानको मिसाइलले लागेको सूचना प्राप्त गरेको जनाएका छन् । इरानले अमेरिकाको नेसनल ट्रान्सपोर्टसन सेफ्टी बोर्डलाई अनुसन्धानमा भाग लिन आग्रह गरेको छ । इरानको उड््डयन प्राधिकरण अधिकारी फरहाद पर्भरेसले एजेन्सीले आफ्नो अनुसन्धानकर्ता पठाउन सहमति पनि जनाएको जानकारी दिएका छन् । इरानमाथि मिसाइल हानेर यात्रुवाहक विमान खसालेको आरोप लागिरहँदा यस्तो घटना भएको पहिलो पटक भने होइन । पछिल्लो चार दशकमा यस्ता थुप्रै घटना भएका छन् । यहाँ त्यस्ता घटनाका केही उदाहरणहरु प्रस्तुत गरिएका छन् ।

मलेसिया एयरलाइन्सको एमएच१७ लाई विद्रोही पक्षको कब्जामा रहेको युक्रेनको पूर्वीभागमा मिसाइल हानेर खसालिएको थियो । विमान एम्सटरड्यामबाट क्वाललम्पुरका लागि उडेको थियो । बोइङ ७७७ विमानमा सवार सबै २९८ यात्रु मा’रिएका थिए जसमा १९३ डच नागरिक थिए । किएभका अधिकारीहरु र पूर्वी युक्रेनलाई नियन्त्रण लिन खोजिरहेका रुससमर्थित वि’द्रो’हीहरुले एकअर्कालाई उक्त विमानलाई मिसाइल हानेर खसालेको आरोप लगाएका छन् । सन् २०१९ मा नेदरल्याण्ड्सका अनुसन्धानकर्ताहरुले उक्त दुर्घटनाका लागि रसियाको सेनाका तीन सदस्यसहित चारजनालाई दोषी करार गरेको थियो ।

बेलारुसियन एयरलाइन्सको इल्युसिन २–७६ विमानलाई सोमालियाको राजधानी मोगादिसुबाट उडान भरेको केही बेरमा नै रकेट हानेर खसालिएको थियो । दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए । उक्त विमानमा बेलारुसका इन्जिनियर र प्राविधिक सवार थिए । उनीहरु दुई हप्ताअघि मिसाइल प्र’हार भएको अर्को विमानको मर्मतका लागि त्यहाँ पुगेका थिए । रसियन सिबिर टुपोलेभ–१५४ विमान तेल अभिभदेखि नोभोसिब्रिस्कतर्फ उडान भर्ने क्रममा ब्ल्याक सीको आकाशमा विस्फोट भएको थियो । उक्त विमानमा सवार ७८ जना, प्रायः इजरायली, को मृत्यु भएको थियो ।

युक्रेनको क्रिमेइन तटबाट ३ सय किलोमिटर टाढा उक्त दु’र्घ’टना भएको थियो । एक हप्तापछि किएभले भूलवस युक्रेनको मिसाइलले उक्त विमानलाई खसालेको स्वीकार गरेको थियो । इरानको बान्दार अब्बासबाट युएईको दुबईका लागि उडेको केही बेरमा नै इरान एयरको एयरबस ए–३०० इरानको क्षेत्रभित्र पर्ने पर्सियन गल्फमा खसालिएको थियो । स्ट्रेट अफ होर्मुजको गस्ती गरेको अमेरिकाको युएसएस भिन्सेनिस यु’द्धपोतले विमानलाई यु’द्धक विमान ठानेर दुईवटा मिसाइल प्रहार गरेको थियो ।

विमानमा सवार २९० यात्रुको मृ’त्यु भएको थियो जसमा ६६ बालबालिका थिए । इन्टरनेसनल कोर्ट अफ जस्टिसमा सहमति गर्दै अमेरिकाले इरानलाई १०.१८ करोड अमेरिकी डलर क्षतिपुर्ती तिरेको थियो । सहमति अनुसार अमेरिकाले दु’र्घट’नाका लागि कानूनी दायित्व वा इरानसँग औपचारिकरुपमा माफी मागेन । अमेरिकाले पछि युएसएस भिन्सेनिसका कप्तान विल सी रोजर्सलाई लिजयन अफ मेरिट पुरस्कारले सम्मानित गरेको थियो ।

गलत बाटो हिँडेको दक्षिण कोरियाको कोरियन एयरआबद्ध बोइङ ७४७ विमानलाई सोभियत फाइटर विमानले सखालिन टापुनजिकै खसालेको थियो । दुर्घटनामा २ सय ६९ यात्रु र चालकदलका सदस्यले ज्यान गुमाएका थिए । दुर्घटनाको पाँच दिनपछि सोभियत संघका अधिकारीहरुले दक्षिण कोरियाको विमान खसालेको स्वीकार गरेका थिए ।

त्रिपोलीबाट कायरोका लागि उडान भरेको लिबियन अरब एयरलाइनको बोइङ ७२७ विमानलाई इजरायलको फाइटर विमानले सिनाइ मरुभूमिमा खसालेको थियो । विमानमा १ सय १२ जना सवार रहेकोमा ४ जना बाँच्न सफल भएका थिए । सिनाइमा रहेको आफ्नो सैन्य बेसमाथि उडेपछि इजरायलको सेनाले खसालेको थियो । इजरायलका अधिकारीहरुले विमानले ल्याण्ड गर्न नमानेपछि आफूहले बाध्य भएर खसालेको बताएका थिए ।

इरान र अमेरिकाबीच जारी तनावबीच युक्रेनियन इन्टरनेसनल एयरलाइन्सको पीएस ७५२विमान इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार उडान भरेको केही समयमा दुर्घटना भएको थियो । दुर्घटनामा विमानमा सवार १ सय ७६ जनाको मृत्यु भएको थियो । उक्त भिडियो पहिलो न्युयोर्क टाइम्स र सीएनएनमा सार्वजनिक भएको थियो । उता, क्यानाडेली, अमेरिकी र बेलायती अधिकारीहरुले पनि गुप्तचरको सूचनाको हवाला दिँदै विमानलाई इरानको मिसाइलले खसालेको दाबी गरिरहेका छन् ।

त्यस्तै दुर्घटना हुनअघि युक्रेनको विमानलाई मिसाइलले आकाशमा हानेको दाबी गर्दै भिडियो सार्वजनिक भएको छ । अलजजिरामा प्रकाशित समाचारका अनुसार इरानको तेहरानस्थित विमानस्थलबाट उडान भरेको विमानलाई मिसाइलले लागेको र त्यसको केही समयपछि नै बुधबार दुर्घटनाग्रस्त बनेको दाबी गर्दै भिडियो सार्वजनिक भएको हो ।

इरानले भने उक्त दाबीलाई खारेज गरेको छ । अधिकारीहरुले यो गल्ती हुनसक्ने बताएका छन् । भिडियोमा पारान्ड भन्ने स्थानको आकाशमा सानो विष्फोट भएको देख्न सकिन्छ । ‘यो त्यही स्थान हो जहाँबाट विमानले संकेत पठाउन बन्द गरेको थियो,’ न्युयोर्क टाइम्सले भनेको छ । पत्रिकाका अनुसार वि’ष्फो’ट भएको केही मिनेटसम्म विमानले उडान भरेको र विमानस्थलतर्फ फर्कने प्रयास गरेको उल्लेख गरेको छ । ‘त्यसपछि विमान पड्कियो र दु’र्घट’नाग्रस्त बन्यो । वि’ष्फो’टको ठूलो आवाज पनि सुन्न सकिन्छ,’ समाचारमा भनिएको छ ।

‘यो सबै इरानवि’बि रु द्ध मनोवैज्ञानिक यु’द्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उद्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

घटनाको बेला ती व्यक्तिले किन भिडियो खिचिरहेका थिए भन्ने प्रष्ट भएको छैन । बेलिङक्याटले भने दुईवटा मिसाइल प्र’हा’र भएको हुनसक्ने र त्यसैले ती व्यक्तिलाई भिडियो खिच्न प्रेरित गरेको हुनसक्ने बताएको छ । न्युयोर्क टाइम्सले पनि ‘गो’ली प्र’हा’र गरेको जस्तो आवाज’ सुनेपछि ती व्यक्तिले भिडियो खिच्न सुरु गरेको उल्लेख गरेको छ । अलजजिराले उक्त भिडियोको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ ।

स्वतन्त्र अध्ययनकर्ता र नागरिक पत्रकारको समूह बेलिङक्याटले भूगर्भिक प्रविधि र अन्य उपायहरु प्रयोग गरेर उक्त भिडियो पारान्ड भन्ने स्थानमा नै लिइएको दाबी गरेको छ । न्युयोर्क टाइम्स र सिएननले उक्त भिडियो आफूहरुलाई इन्टरनेट स्वतन्त्रताको अध्ययनकर्ता नारिमान घारिबले उपलब्ध गराएको र उनले त्यो भिडियो अन्य व्यक्तिबाट पाएको उल्लेख गरेको छ ।

इरानले भने विमानमाथि मिसाइल प्रहार गरेको आरोपको खण्डन गरेको छ । ‘यो सबै इरानवि’रु’द्ध मनोवैज्ञानिक युद्ध हो । दुर्घटनामा ज्यान गुमाएका नागरिकका राज्यले आफ्नो प्रतिनिधि पठाउन सक्छन् र हामी बोइङलाई पनि ब्ल्याक बक्सको अनुसन्धान प्रक्रियामा सहभागी हुन अपिल गर्दछौँ,’ सरकारका प्रवक्ता अली राबेइलाई उ’द्धृत गर्दै इरानको सरकारी टेलिभिजनले जनाएको छ ।

त्यस्तै, इरानको विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसाभीले क्यानाडानलाई विमान दुर्घटनासम्बन्धी गुप्तचरको सूचना साझा गर्न आग्रह गरेको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेयुले बिहीबार इरानलाई दुर्घटनास्थलको अध्ययन गर्न क्यानाडेली र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुलाई अनुमति दिनुपर्नेमा जोड दिएका थिए । अमेरिकाले इरानका कुड्स फोर्सका कमान्डर कासेम सु’ले’मानीको ह”त्या गरेको बदलामा इरानले इराकस्थित अमेरिकी बेसमा मिसाइल हमला गरेको केही समयपछि विमान दु’र्घ’टना भएको थियो ।

प्रकाशित मिति January 10, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस