यी हुन् आफ्नै बुवालाई समेत नछाड्ने एसएसपी

काठमाडौं। दोस्रो संविधानसभा निर्वाचन तयारी चलिरहेको थियो । सरकारले कुरा सुनेन भनेर ज्येष्ठ नागरिकले आ’न्दोलन चर्काउँदै लगेका थिए । काठमाडौंको कोटेश्वर केन्द्रित आ’न्दोलन मीनभवन सारियो । त्यहाँ जहिल्यै धर्ना। जहिल्यै नारा बाजी । त्यसको नेतृत्व शिवप्रसाद ढकालले गर्दै आएका थिए । आ’न्दोलन चर्कंदै गयो। आ’न्दोलनको प्रकृति परिवर्तन हुँदै गयो ।

‘त्यो दिन ?,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा एसएसपी भीमप्रसाद ढकालले सम्झे, ‘मंसिर २६ गते हुनुपर्छ । ज्येष्ठ नागरिकले मीनभवनको सडकमै सुतेर आ’न्दोलन गर्नुभयो । सडक अव’रुद्ध भएको पाँच मिनेटपछि मलाई खबर आयो। तत्काल मिनभवन पुगें।’ आ’न्दोलित ज्येष्ठ नागरिकलाई नेपाल कमर्स क्याम्पस मीनभवनका विद्यार्थीले साथ दिएका थिए ।

‘५०–६० जना ज्येष्ठ नागरिकले सडकमै सु’तेर बाटो अव’रुद्ध गर्नुभएको थियो,’ एसएसपी ढकालले सुनाए, ‘बुबाको नेतृत्वमा उहाँहरू सडकमै सु’तेर लम्प’सार पर्नुभएको थियो । बुबा बीचमा हुनु हुन्थ्यो । विद्यार्थीले प्रहरीलाई पस्न नदिने भनेर ज्येष्ठ नागरिकलाई घेरा हालेर राख्नु भएको रहेछ ।’ विद्यार्थीलाई सम्झाइ– बुझाइ गरेर उनले घेरा तो’डे । सर्वप्रथम बुबालाई सम्झाए । माग पूरा नभइन्जेल आ’न्दोलन जारी राख्ने बुबाले अड्डी कसे ।

उनले १५ मिनेट जति सम्झाइ– बुझाइ गर्ने असफल प्रयास गरे। त्यति बेला मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए । उनले अध्यक्ष रेग्मीलाई भेट्टाइ दिन्छौं भने । त्यतिबेला काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवोध घिमिरे थिए । ‘उहाँलाई सेटबाटै कल गरें । उहाँले अध्यक्ष रेग्मीसँग भेटघाटका लागि समयसमेत तय गर्नुभयो,’ उनले थपे, ‘र पनि, उहाँहरू मान्नुभएन । उहाँहरूको आठ–दसवटा माग थिए ।

सबै माग पूरा नभए सम्म आ’न्दोलन जारी राख्ने उहाँहरूको उद्घोष थियो।’ त्यति बेलासम्म सडक अव’रुद्ध भएको २५ मिनेट बिति सकेको थियो । काठमाडौंको मुटुको सडक २५ मिनेटदेखि अव’रुद्ध हुँदाको असर शब्दमा व्यक्त गर्न कठिन हुन्छ । आ’न्दोलन कर्ताले कुनै हालतमा पछि नहट्ने जिकिर गरिरहे । ‘मैले सडक अव’रोध गर्न दिनु हुँदैनथ्यो । मसँग विकल्प थिएन,’ उनले विगत कोट्याए, ‘अन्ततः बुवा लगायत नेतृत्वलाई प क्राउ गर्नुपर्‍यो।

प क्राउ पर्दा बुवाले आ क्रोश पोख्नुभयो । प क्राउ परेकालाई तीनकुने लगियो । उहाँहरूलाई एक घन्टा हिरा सतमा राखियो । हिरा सतमा बुवासँग बोलचाल भएन । आन्दो लनकर्ताले हिरा सतमा पनि बुवालाई घे रा हालेर राखेका थिए । आन्दो लकर्ता एक घन्टा पछि हिरा सतमुक्त भए । बेलुका घर पुग्दा बुवासँग भेट भएन ।’ भोलिपल्ट बुवासँग भेट भयो । मैले नै बुवालाई बोलाएँ । ‘तैंले राष्ट्रका लागि निष्पक्ष काम गर्ने रै’छस् भनेर समाजसेवी बुवाले तारिफ गर्नुभयो,’ उनले खुसी व्यक्त गरे, ‘तैंले गरेको काम ठीक छ । मलाई धाप मार्दै यस्तै गर्दै जानु भनेर आशिर्वाद दिनुभयो।’

त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज भीमप्रसाद ढकाल थिए । आफ्नै बुवालाई प क्राउ गरेपछि तात्कालिक इन्चार्ज ढकाल चर्चामा आए । उनका बुवा शिवप्रसाद ढकाल अहिले पनि ज्येष्ठ नागरिकको वरिष्ठ उपाध्यक्ष छन् । ज्येष्ठ नागरिकको आन्दो लन हिजो आज पनि चलिरहेको छ । आफ्नै बुवालाई प क्राउ गर्ने त्यतिखेर नयाँबानेश्वर वृत्त इन्चार्ज भीमप्रसाद ढकाल अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख छन्। (नागरिक खबरवाट)

प्रकाशित मिति February 1, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस