सबैभन्दा धनी यो कमिला जसले हिरा चोरेर संसार हल्लायो (भिडियो)

काठमाडौं – बिश्वमा धेरै अनौठा घटनाहरु घटिरहेका हुन्छन् । कुनै अनौठा घटनाहरु पत्याउन मुस्कील पर्छ । यस्तै केहि समय अघि युट्युबमा एक अनौठो भिडियो सार्वजनिक भएको थियो । भिडियोमा एउटा कमिलाले हिरा बोकेर हिडिरहेको छ । केहि समय अघि अमेरिकाबाट प्रकाशित हुने पत्रिका न्युयोर्क पोस्टमा यो भिडियो बारे समाचार प्रकाशित भएको थियो । उक्त समाचारमा लेखिएको छ , ‘कमिलाले बोकेको हिरा मालिकलाई फिर्ता दिए नदिएको बारे पत्ता लागेको छैन ।’ त्यस समय यस भिडियोलाई धेरैले हेरे ।

भाइरल बनेको उक्त भिडियोमा धेरै कमेन्टहरु पनि आए । केहीले उक्त घटना हाँस्यास्पद भएको बताएका छन् । भने कोहिले लेखेका छन् ‘अब म कमिलालाई विश्वास गर्न सक्दिनँ ।’ अर्काले लेखेका छन् कसैले हिरा चोरेको हुनसक्छ र आरोप चाहिँ कमिलामाथि लगाइदिएको हुनसक्छ ।’अर्का व्यक्तिले लेखे ‘संसारको सबैभन्दा धनी कमिला ।

भिडियो

प्रकाशित मिति २१ माघ २०७६, मंगलवार १०:५२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस