परम्परागत नेपाली खाना नै पोषित

डा.अरुण उप्रेती ,कुन खाना खाएमा हाम्रो स्वास्थ्य राम्रो हुन्छ ?,कुन खाना खाने या नखाने ? अक्सर यस्तै जिज्ञासा स्वास्थ्य प्रति सजक हुनेहरुको मनमा हुन्छ। तर हामीले उचित जवाफ पाइरहेका हुँदैनौ। यसको लागि धेरै सोचिंरहनु र खोजीरहनु पर्दैन। मात्र परम्परागत नेपाली खानालाई पच्छयाए हुन्छ। नेपाली खानामा समावेश हुने तत्वहरु सवै मिलेको हुन्छ। जस्तो कि भात,रोटी,अचार,दाल,मोही,दुध,सागपात यी मात्र मिलाएर खाएपछि शरिरलाई चाहिने धेरै तत्व पुगेको हुन्छ।भिटामिन, प्रोटिन, आइरनदेखि लौह तत्व समेत यी खानाहरुमा पाइन्छ।

नेपालमा दाल–भात खइसकेपछि मही खाने चलन छ। यो अत्यन्त राम्रो परम्परा हो। महीले खाना सोस्नको लागि लौह तत्व सोस्छ। त्यसै गरी हाम्रा खाजामा चिउरा,वदाम,खिचडी,खिर खाने र राति रोटी या भात स्थिति हेरेर खाने चलन छ। यी खानाहरु पनि पोषणको तत्वको लागि उचित छन्। त्यसै गरी शिशुहरुको लागि खुवाउने चलन पनि नेपालमा पहिल्यैदेखि राम्रो चलन छ। छ महिनापछि शिशुलाई आमाको दुधले मात्र पोषण पुग्दैन भन्ने कुरालाई नेपाली खाना परम्पराले ग्रहण गरेको देखिन्छ। छ महिनापछि पास्नी गरेरै बच्चालाई आमाको दुधको साथमा अन्नजन्य खानाहरु लिटो,गाइभैसीको दुध,जाउलो खुवाउने चलन उत्तिकै उपयोगी सावित भएका छन्।

जस्तो कि शिशु ६ महिना पुगेपछि खिर खुवाएर अन्न खुवाउन सुरु गरिन्छ। कस्तो मानिसले कति खाने या कति घण्टाको फरकमा खाने भन्ने कुरा पनि अर्को जिज्ञासाको विषय हो। व्यक्तिले दैनिक कति खर्च व्यायम या काम मार्फत खर्च गर्छन् भन्ने आधारले निर्धारण गर्छ। जस्तो कि खेतवारीमा खन्ने,भारी बोक्ने व्यक्तिले सामान्य व्यक्तिको तुलनामा बढी खानु पर्छ। त्यसै गरी भर्खरै विरामी भएर तंग्रिएका व्यक्तिले थोरै मात्रामा घरी–घरी खानु पर्छ। त्यसै गरी उसले कति औषधी खान्छ ? त्यो अनुसार तीन÷चार घण्टाकै फरकमा खानु पर्ने हुन्छ।

यस्ता बिरामी भएर तंग्रिन लागेकालाई दैनिक तीन÷चार पटक दिनु राम्रो चलन हो। नेपाली परम्परामा सुत्केरीलाई घिउ,चाकु,सुत्केरी मसला,ज्वाने जस्ता खानाहरु खाना दिने चलन छ। यो चलन पनि अत्यन्तै राम्रो चलन हो। यी खानाले सुत्केरीलाई चाहिने प्रोटिनदेखि लौह तत्व,चिल्लो सवै प्राप्त हुन्छ। नेपाली चाडपर्व तथा सांस्कृतिक चलनमा खाइने खानाहरु आफैमा वैज्ञानिक छन्। जस्तो कि मध्यम व्रतको चलन आएको छ। यो व्रतले १५÷१६ घण्टा उपवास बस्दा शरिरको लागि फाइदाजनक हुन्छ भन्ने मान्यता चलेको छ।पछिल्लो समय चलेको यो खानपान र स्वास्थ्यको मान्यतालाई नेपाली परम्पराले परापुर्वकालदेखि नै अनुसरण गर्दै आएको छ।

पहिला धार्मिक रु पमा चलेको यो चलन अहिले वैज्ञानिक चलनमा विकसित भइसकेको छ। मुस्लिमहरु रमदानको वेला एक छाक मात्र खाना खाने चलन छ। यसरी एक छाक मात्र खाँदा पाचन प्रणाली खालि रहन्छ। त्यही समय शरिरवाट विषतत्व वाहिर जान्छ ।नेपालमा घाममा बसेर तेल लगाउने,शिशु तथा सुत्केरीलाई घाममा राख्ने चलन आफैमा वैज्ञानिक छ। पछिल्लो समय यो चलनमा कमी आउनाले भिटामिन डीको कमी भइरहेको छ। घाममा नबस्दा शरिरमा भिटामिन डीको कमी हुन्छ। वैज्ञानिकका अनुसार भिटामिन डीको कमीले डिपे्रशन हुन्छ।

विहानको खाना केही लचकदार र दिउँसो खाजा हल्का खाएपछि साँझ नखाँदा पनि हुन्छ। सकेसम्म चिनी रहित कालो चिया खानु उचित हुन्छ। दुध हालेको चिया खानै परेमा दिनको एक पटक मात्र खानु पर्छ। दुध चियाले शरिरको लौह तत्व शोस्नमा बाधा पर्ने भएकोले लेमन टि,दुध हालेको चिया खान सकिन्छ। दुध चिया चाहिं सकेसम्म सेवन नगर्नु नै उचित हुन्छ।

प्रकाशित मिति March 1, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस