नेपालको पहिलो कमेडी च्याम्पिएनमा खड्ग बहादुर पुन (खबपु) ले सबैको मन जिते

काठमाडौ । नेपालमा पहिलो पटक सुरु भएको कमेडी च्याम्पिएनमा रोल्पाका खड्ग बहादुर पुन (खबपु) मगरले सबैको मन जित्न सफल भएका छन् । वाइल्ड कार्डमार्फत आएका उनले मध्यम वर्गका जनताका आम कुराहरुलाई लिएर कमेडी गर्ने गरेका छन् । लामो समय देखि यस क्षेत्रमा लागेका उनले विगतमा भएको ज नयु द्धको स्वाद पनि चाखेका छन् ।राजनीतिक, सामाजिक हरेक खालको विषय वस्तुमा कमेडी गर्न सक्ने पुनलाई जनताको राम्रो साथ मिलेको छ । उनी अहिले हिमेश पन्त र सुमन कोइरालासँग प्रतिस्पर्धा गरिरहेका छन् । नाच्ने कलामा पनि उस्तै पोख्त पुनको हालै एक भिडियो पनि आएको छ ।

सञ्चारमाध्यमहरुमा धेरै नआएका उनी प्रत्यक्ष जनतासँग गएर भोट माग्दै आइरहेका छन् । उनी निर्णयकहरु ऋचा शर्मा, सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराईको मनमा बस्न सफल भएका छन् । उनी हसाँउनका लागि नै जन्मेको भन्दै सन्तोष पन्तले पटक–पटक भन्दै आएका छन् ।उनी अहिले रोल्पाली जनताको मात्रै नभई देश तथा विदेशमा भएका लाखौं नेपालीहरुको मनमा बसेका छन् । अहिले तीनै प्रतिस्पर्धीहरु भोट अपिल गर्दै हिडेका छन् । पुनलाई जिताउनका लागि नेपाल भित्रबाट ई–सेवामार्फत र विदेशमा कमेडी च्याम्पिएनको एपमार्फत भोट गर्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति १९ फाल्गुन २०७६, सोमबार ०९:३६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस