पशुपति शर्माले ल्याए कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत ( भिडियो सहित)

अप्सरा खत्री

काठमाडौं २४ फागुन / बहुचर्चित गायक तथा सर्जक पशुपति शर्माले पछिल्लो समय विश्वव्यापी फैलिरहेको (कोभिड-१९) कोरोना भाइरस विरुद्ध जनचेतनामूलक गीत सार्वजनिक गरेका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसले नेपालमा सर्वसाधारण त्रसित बनिरहेका बेला कोरोना संक्रमण लाग्न नदिन के के गर्ने भन्ने कुरालाई भिडियोमा मार्फत देखाउन खोजिएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमित बिरामी फेला नपरेपनि, सरकारले उच्च सतर्कता अपनाउन बारम्बार सुचना जारी गरिरहेको छ । अनावश्यक भिडभाडमा नजान, मास्कको अनिवार्य प्रयोग गर्न सरकारले अनुरोध गरेको छ ।

समसामयिक बिषयमा कलम चलाउन माहिर गायक शर्माले कोरोना लाग्न नदिन उच्च सतर्कता अपनाउन यसअघि पनि सामाजिक सञ्जाल मार्फत अनुरोध गर्दै आएका थिए ।

भिडियो हेर्नुहोस

प्रकाशित मिति March 20, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस