१० गते भन्दा पछाडी पनि सरकार सङ्ग समन्वय गरेर सार्बजनिक यातायात चलाउने, यात्रुहरुलाइ भिड्भाड नगर्न आग्रह

अहिले विश्व कोरोनाभाइरसको महामारीबाट आक्रान्त छ । गत डिसेम्बरमा चीनको उहानबाट सुरु भएको कोभिड–१९ नामको कोरोना भाइरस अहिले १८० भन्दा बढी देशहरुमा संक्रमण देखिएको छ।

नेपालमा पनि कोरोना भाइरसको सक्रमण हुन सक्ने भन्दै सरकारले पुर्बसतर्कता अपनाएको छ । यसै बिचमा सरकारले चैत १० गते बाट लामो दुरिका सार्बजनिक यातायात चलाउन रोक लगाउने निर्णय गरे सङ्गै सर्बसाधरण यात्रुहरु घर जानको लागि बस स्टेसन मा निकै भिड्भाड देखिएको छ । भिडभाड देखिए सङ्गै यातायात व्यावसायि सर्बोच्च महासङ्घ ले सरकार सङ्ग आबश्यक समन्वय गरेर घर जाने यात्रुहरुलाइ थप सुबिधाको साथमा १० गते भन्दा पछाडी पनि सहज तरिकाले यात्रुहरुलाइ गन्तब्य स्थलमा पुर्याउने भएको छ । त्यसैले कसैलाइ पनि नआत्तिन र सार्बजनिक यातायात मा सहज तरिकाले यात्रा गर्न आवह्वान गरेको छ । यात्रुहरुको समस्यालाइ मध्यनजर गर्दै यातायात व्यावसायि सर्बोच्च महासङ्घ ले १० गते भन्दा पछाडि पनि यात्रालाइ सहज बनाउने जनाएको छ ।
यातायात व्यावसायि सर्बोच्च महासङ्घ

केदार उप्रेती
कुनै पनि प्रश्न भएमा 9851088314 मा फोन गरेर सोध्न सक्नु हुनेछ ।

प्रकाशित मिति ८ चैत्र २०७६, शनिबार १०:१८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस