#सिरानी मुनि यी ५ चीज राखेर सुत्नुहोस् मिल्नेछ चमत्कारिक लाभ !

सिरानी मुनि यी ५ चीज राखेर सुत्नुहोस् मिल्नेछ चमत्कारिक लाभ !

दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

फलामको उपकरण:
सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

हनुमान चालिसा :
हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ ।

मुला:
सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलि*ङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना हुनबाट रोक्छ ।

दुर्गा सप्तसती पाठ
दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भ*यबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र त*नावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ ।

फूल:
सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

प्रकाशित मिति March 29, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस