लामो लेख छ तर सन्देश मुलक छ हेरिदिनुहोला / अभियन्ता अर्जुन भुसाल

लामो लेख छ छ तर सन्देश मुलक छ हेरिदिनुहोला…

सानो प्रयासले दिएको एक अदभुत खुशि…

हिजो मलाइ एक्कासि शुभचिन्तक एक साथिको म्यासेस आयो ।उहाले भन्नुभयो सुन्नुस त हामि काठमाडौंबाट घर लमजुङ जान चाहन्छौ म्यानेज गरिदिनु न तपाइहरुले त बिभिन्न ठाउबाट सहयोग गरि उद्दार गरिरहनुभएको छ !

हामिलाइ पनि घर सम्म पुर्याइदिनु नै भन्दै निकै आफ्ना समस्या सुनाउनुभयो ।मुख्य समस्या उहाको आफ्नो ममिलाइ अनिवार्य औशधि खानु पर्ने रहेछ ।
त्यो औशधि सकिएर १० दिन देखि निकै पिडामा हुनुहुदो रहेछ्। पुरै शरिर सुनिएको रहेछ्।त्यो सुन्ना साथ मैले आफ्नो हजुर आमालाइ सम्झिए आमा दमको बिमारि हुनुहुन्छ एकछिन औशधि नहुने हो भने के हुने हो कसो हुने हो भन्ने हुन्छ ।

त्यसैले लकडाउनमा घर नजानु त्यहि बस्नु भने र बचन दिएकि त्यो औशधि जसरि नि पठाउछु भनेर फेरि त्यो औशधि सहज तरिकाले पाइदो रहनेछ सबै मेडिकलमा हुदो रहेनछ्।उहाहरुले काठमाडौंमा किन्नुभएको रहेछ्। फेरि त्यो औशधिको खोल खिचेर पठाउन आग्रह गरे म आज बिहान चितवनका लगभग खुलेका सबै मेडिकलमा पुगे।कहि पाइन फेरि एकजना mr साथि बिबेक पौडेल जिलाइ सोधे कहा पाउछ सर भनेर उहाले एक ठाउमा पाउन सक्छ त्यहा जानु भन्नु भयो नभन्दै त्यहा त्यो औशधि पाइयो।म यति खुशि भएकि त्यो म कल्पना गर्न सक्दिन्। अब फेरि त्यो औशधि लमजुङ पठाउनुपर्ने पठाउनका लागि पुल्चोक गए त्यहा traffic आदरणीय सर कृस्न सर हुनुहुदो रहेछ कता अर्जुन जि भन्नु भयो सर एउटा औशधि पठाउनु छ कसरि होला भने एकछिन केहि उपाय लागेन म आफै जाउ कि जस्तो लाग्यो जाने तयारि गर्दै थिए सन्योग एक्कासि कृस्न सरलाइ फोन आयो त्यो फोन थियो लमजुङ नगरपालिकाकि उपमेयर आदरणीय लछ्मि अधिकारिको उहा सग कुरा भयो यहा अर्जुन जि ले औशधि पठाउन लाग्नु भएको रहेछ केहि होला सहज भनेर कुरा हुदै गर्दा उहा काठमाडौं बाट लमजुङ जादै हुनुहुदो रहेछ्।

भने जस्तै भयो त्यसपछि हामिले नारायणगढबाट मुङिल्ङ सम्म बोलेरोमा त्यो औशधि पठायाै र उहा उपमेयरले फर्किदै गर्दा त्यो औशधि मुङ्लिङ चेक पोस्टबाट रिसिब गरेर अहिले उहा साथिको घरमा पुर्याइदिनुभयो।र अहिले साझ त्यो औशधि खाने समय रहेछ साथिको आमाले औशधि खाएर त्यो आनन्दको सास फेर्दै खुशि यक्त गर्दा मैले आफुले आफैलाइ नियालिरहेको छु कि मेरो एक सानो प्रयासले उहाको त्यो पिडालाई कम गर्न सफल भए।
मनै देखि धन्यवाद आदरणीय कृस्न ठकुरि सर लमजुङ नगरपालिकाकि उपमेयर आदरणीय लक्षमि अधिकारि दिदिलाइ। त्यसैले गर्न सकिने सहयोग गरौ हामि सबै मिलेर गरौ।

सामाजिक अभियन्ता अर्जुन भुसाल।

प्रकाशित मिति April 23, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस