हेर्नुहोस भिडियो / ‘ब्रेकअप’ भयो भन्दै पोखरामा पूर्व युवराज पारसको मस्ती

पोखरा – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले लकडाउन गरेको हो । मानिसहरु घर भित्रै बसेका छन् । सीमा नाका, हवाइ उड्डयन, यातायात, उद्योग कलकारखाना, विद्यालय, बजार, होटल, रेष्टुरेन्ट लगायतका सम्पूर्ण सेवा बन्द रहेका छन्।

लकडाउनको समयमा पूर्व युवराज पारश शाह भने विन्दास मुडमा भेटिएका छन् । अधिकांश पर्यटक पोखराबाट बाहिरिएका छन् । होटलहरु बन्द अबस्थामा छन् । तर पारश शाह भने पोखराको लेकसाइडमा मस्ती गरिहेका छन् । होटलमा मध्यरातमा पार्टी गरेका भिडियोहरु पारस आफै फेसबुकमार्फत अपडेट गरिरहेका छन् । विगत २४ घन्टामा पूर्व युवराज पारस शाह फेसबुकमा १२ पटक लाइभ आएका छन् ।

शुक्रवार राति पोखराको लेकसाइडमा जोस्टेलमा पार्टी भन्दै साहले भिडियो अपलोड गरेका छन् । जहाँ १५ बीस जना युवायुवती खानपानमा मस्त देखिन्छन् । विदेशी संगित र मदिरका तालमा उनीहरु मस्त छन् । पारसको आवाज सुनिन्छ, नो कोरोना

पारस विहानपख फेसबुक लाइभमा देखा पर्छन् । उनले घरको छलबाट बाहिरको दृश्य देखाउँछन् । दारी पालेका, कपाल बाँधेका र घाँटीका रुद्राक्ष लगाएका पारसले संगितको तालमा योगा गर्छन् । चुरोटको धुवा क्यामरामा पर्ने गरी उडाउँछन् । लाइभमा बाहिर हिँडेका मानिसहरुलाई देखाउँछन् । र खै लाकडाउन भन्दै प्रश्न पनि गर्छन् ।

केही लाइभमा चर्को विदेशी संगीतको तालमा उनी हल्लिछन् । म्युजिक सिस्टममा ठूलो स्वरमा गीत बजाइएको स्थानमा अन्य युवायुवती पनि रहेका हुन् ।

मस्ती गरेका लाइभ भिडियोहरु भन्दा अगाडि पूर्व युवराज पारस साहले एउटा स्टाटस लेखेका छन् । जहाँ धेरै मानिसले प्रतिक्रिया पनि जनाएका छन् । ब्रेक अप फाइनल्ली, फ्रि एट लास्ट लेखेर उनले स्टाटस लेखेपनि कोसँग भन्ने खुलाएका छैनन् ।

उनको र पत्नी हिमानी साहबीच सम्बन्ध राम्रो नभएका समाचारहरु बाहिरिएका छन् । पछिल्लो समय सोनिकासँगको सम्बन्धमा रहेका पारसले उनैसँगको सम्बन्ध विच्छेद गरेका हुन् त? भन्ने प्रश्न पनि सामाजिक सञ्जालमा उठेका छन् ।

प्रकाशित मिति May 3, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस