नेपालमा आजै थपिए २५ कोरोना संक्रमित, संक्रमितको संख्या ८४ पुग्यो

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ। आइतबार एकैदिन २५ जना थपिएर ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। आइतबार नेपालगञ्जमा २४ जना र वीरगञ्जमा एक जना कोरोना संक्रमित भएको पुष्टि भएको हो। प्रयोगशाला परीक्षणका क्रममा नेपालगञ्जमा थप ९ जनामा कोरोना संक्रमण देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ। आइतबारै नेपालगञ्जमा सुरुमा ९ जना पछि ६ जना र पछिल्लो पटक ९ जना गरी २४ जनामा कोरोना देखिएको हो।

आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको जनाएको थियो। आइतबारै साँझमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भयो। शुक्रबार नेपालगञ्जमा एक जनामा कोरोना देखिएको थियो। शुक्रबार संक्रमण देखिएका व्यक्तिकै सम्पर्कमा आएका व्यक्तिहरुमा कोरोना देखिएको बताइएको छ। संक्रमितको उपचारका लागि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कोभिड १९ अस्पताल तयार गरिएको छ।

प्रकाशित मिति May 4, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस