सोमबार झापाको आकाशमा सैन्य विमान

झापा, जेठ ५ । कोरोना भाइरसका कारण सरकारले गत चैत ११ गतेबाट लकडाउन शुरु गरेसंगै आन्तरिक तथा बाह्य उडानहरु समेत बन्द गरेको छ । हवाई उडान बन्द भएको अवस्थामा सोमबार बिहान झापाको आकाशमा विमान उडेपछि सबै अच्चमित भएका थिए ।केहिले समाजिक सञ्जालमा विमानको बारेमा जिज्ञासा समेत राखेका थिए । नेपाल–भारत बीच सीमा विवादको विषय उठिरहेका बेला धेरैले भारतले पूर्वी क्षेत्रमा विमान उडाएको अड्कल काटे । केहिले औषधिका सामग्री ल्याएको दाबी गरेका थिए । तर वास्तविकता भने त्यस्तै थिएन ।

भद्रपुर विमानस्थलका प्रमुख पूर्ण चुडालका अनुसार उक्त विमान नेपाली सेनाले प्रशिक्षणका लागि उडाएको हो । सेनाले आफ्ना सैनिक पाइलटहरुलाई तालिम दिने क्रममा विभिन्न समयमा यस्ता विमानहरु उड्ने गरेको भन्दै चुडालले भने–सोमबार पनि राजधानीबाट ओखढुङ्गा हुदैं भद्रपुर विमान स्थलसम्म सो विमान आएको हो ।उनले भद्रपुर विमानस्थलमा अवतरण गरी केहीबेरमा सो विमान राजविराज हुदैं फकिएको जानकारी दिए । यो सेनाको नियमित तालिम अन्र्तगत पर्दछ ।

प्रकाशित मिति May 18, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस