भर्खरै थपिए १८ जना  कुल कोरोना संक्रमित : ३७५

काठमान्डौ , आज सोमबार नेपालमा थप १८ जनालाई कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयको भर्खरैको अध्याबधिक विवरण अनुसार थप १८ जनामा कोरोना पुष्टि भएको हो ।यो संगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ ।यसअघि आजै बिहान र दिउसो गरि थप ६२ जनामा कोरोना संक्रमण देखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान; भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल, बिराटनगरमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या अठार १८ पुगेको हो ।

जो धनुषा निवासी २ जना पुरुषहरू; खोटाङ, हलेसी निवासी १ जना पुरुष; बाँके, नरैनापुर निवासी १२ जना पुरुषहरू; दैलेख, आठबिस-१ निवासी १ जना पुरुष; सुनसरी निवासी १ जना पुरुष; झापा निवासी १ जना पुरुष हुनुहुन्छ । हाल सम्म प्राप्त विवरण अनुसार उहाँहरूको स्वास्थ्य अवस्था सामान्य छ र उहाँहरू स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ ।

प्रकाशित मिति May 18, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस