यस्तो छ नेपालको नयाँ नक्सा, तत्काल प्रयोगमा ल्याइने

काठमाडौं, ५ जेठ । सरकारले स्वीकृत गरेको नेपालको नयाँ नक्सा सार्वजनिक गरिएको छ ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको नेपालको नयाँ नक्सामा भारतद्धारा अतिक्रमित नेपालको भूमिहरु लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएका छन् ।यसैगरी नेपालको नयाँ नक्सामा संघीयतामा गएपछि बनाइएका प्रदेश र स्थानीय तह पनि समेटिएका छन् ।सरकारका प्रवक्ता अर्थ तथा सूचना एवं सञ्चार मन्त्री युवराज खतिवडाले यो नक्सामा अतिक्रमित भूमि समावेश गरिनुका साथै यसले सातै प्रदेश र ७७ वटै जिल्लालाई छुट्याइएको पनि बताएका छन् ।

उनले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नक्सा नै प्रयोग हुने बताए ।भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा समेटेको थियो । पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो ।जारी नयाँ नक्सा सबै सरकारी कामकाज र अन्य सबै क्षेत्रमा तत्काल प्रयोगमा ल्याइने पनि जनाइएको छ ।

प्रकाशित मिति May 19, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस