Breaking: बिहानै ३२ जनामा को’रोना पुष्टि, संक्र’मितको संख्या ५४८ पुग्यो

काठमाडौं, आज शनिबार बिहानै थप ३२ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३२ जनामा कोरोना देखिएको हो ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४८ पुगेको मन्त्रालयले जनाएको छ ।

शुक्रबार बिहान ३०, दिउँसो २० र साँझ ९ गरेर ५९ जनामा एकै दिन कोरोना पोजिटिभ पुष्टि भएको हो। शुक्रबार कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो। त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो।

प्रकाशित मिति May 23, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस