पोखरा । पूर्वयुवराज पारस शाहलाई शुक्रबार मध्यरातमा ‘चेष्ट पेन’ भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा गाडी दुर्घटनामा भएको छ ।
शाह चढेको बा १४ च २१३१ नम्बरको गाडीले पोखराको पृथ्वीचोकमा बाच्छालाई ठक्कर दिएको थियो । गाडीको ठक्करले बाच्छा घटनास्थलमै मरेको छ ।
गाडी दुर्घटना भएपछि प्रहरीले सवारी चालक अशोक गुरुङ र गाडी नियन्त्रणमा राखेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । अस्पतालले शाहको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहेको भन्दै फिर्ता पठाइदिएको छ ।
प्रकाशित मिति May 23, 2020