न्यूज ट्वान्टीफोरको बढ्दो लोकप्रियता, २० लाख सस्क्राइबर हुने नेपालको पहिलो टेलिभिजन च्यानल बन्यो

काठमाडौं, १० जेठ । नेपाली टेलिभिजन इतिहासमा न्यूज ट्वान्टी फोर सर्वाधिक लोकप्रिय न्यूज च्यानल बनेको छ ।निरन्तर खबरदारीसहित सामाजिक जिम्मेवारी पूरा गर्दै आएको न्यूज–२४ को युट्युब सस्क्राइबर २० लाख नाघेको छ । योसँगै २० लाखभन्दा बढी सस्क्राइबर हुने नेपालको पहिलो न्यूज च्यानल पनि न्यूज ट्वान्टी फोर बनेको छ ।जसका न्यूज सर्वाधिक हेरिन्छ र शेयर पनि हुने गरेको छ । सामाजिक सञ्जालमार्फत दर्शकले व्यक्त गरेको असिम माया र विश्वासप्रति नेपाल ब्रोडकास्टिङ च्यानल कृतज्ञता प्रकट गर्दै हरदम सचेत रहने प्रण गर्दछ ।

राष्ट्र र राष्ट्रियता प्रतिको समर्पण, नागरिकका समस्या र जनसरोकारका विषय मात्रै नभइ हर विषयमा तिखो खबरदारीका कारण पनि दर्शकबाट पाएको यो असिम विश्वास हो ।जसप्रति अनुग्रहित हुँदै जारी रफ्तारलाई परिस्कृत गर्दै लैजाने न्यूज २४ टेलिभिजन प्रण गर्दछ । राष्ट्रियताको मुद्दामा सदैव अडिग रहने न्यूज ट्वान्टी फोर टेलिभिजनले आम नागरिकका समस्या, गुनासा सरोकारवालाहरुसम्म पु¥याउने आफ्नो प्रतिवद्धतामा कुनै कमी हुन दिनेछैन ।समस्या समाधानमा पुलको काम गर्न सदैव अग्रसर यो टेलिभिजन आम दर्शकको साथको अपेक्षा गर्दछ ।

प्रकाशित मिति May 24, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस