काठमाडौं ११ जेठ / विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशलाई लकडाउन गरेको २ महिना पूरा भइसकेको छ ।
गत चैत ११ गतेदेखि जारी लकडाउनको पालना गर्दै घरमा बसिरहेका नेपाली कलाकारहरु सामाजिक सञ्जालबाटै दर्शक स्रोतामाझ जोडिरहेका छन् ।त्यस्तै नायिका बर्षा राउत यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन् । फेसबुक लाइभमा नायिका प्रियंका कार्की र सिनेपाटीकर्मी वर्षा बस्नेत सँग कुरा गर्दै उनले नेपाल र भारतका सञ्चारकर्मीहरुको घोचपेचले आफ्नो भारतमा रहेका फ्यानहरु भड्किन सक्ने अर्थात आफूले इन्डियन साथिहरु सँग कसरी फेस गर्ने भनेर अभिव्यक्ति दिएपछि नायिका राउतको सञ्जालमा चर्को विरोध भइरहेको छ ।
पछिल्लो समयले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पुयाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतिय मिडियाहरुले विरोध गरेका थिए भने नेपालबाट सिमा बिषयमै सञ्चारकर्मी रवि लामिछानेले नेपाल र भारतका सिमाविदलाई कार्यक्रममा निम्त्याएर बहस गरेका थिए, उक्त कार्यक्रम अहिले युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ ।
भिडियो लिन्क मा
प्रकाशित मिति May 24, 2020