आफैँ छुट्याउनुहोस् : चाउचाउ खाँदै हुनुहुन्छ या बिष ?

काठमाण्डौ । चाउचाउ प्राय सबै समय उमेरका मानिसले मन पराउने तयारी खाद्य पदार्थ हो। धेरैजसो बालबालिकालाई उनीहरुका अभिभावकले जङ्कफुड दिने प्रचलन पछिल्लो समय निकै फस्टाएको छ । छोराछोरी रोए भने या भनेको मानेनन् भने फकाउनका लागि यस्ता खानेकुरा दिने चलन छ। धेरैलाई थाहा नहुन सक्छ । तयारी चाउचाउ मन्द बिष हो ।

आजकल तयारी चाउचाउ विषेसत शहरी जीवनको अविभाज्य आवश्यकता बनिसकेको छ!पछिल्लोपटक गरिएको एक अनुसन्धानले चाउचाउको सेवन महिलाको मुटुका लागि हानिकारक हुने तथ्य पुष्टि गरेको छ । त्यसक्रममा विभिन्न खाले तयारी चाउचाउ खाने मानिसको तुलनामा कार्डियो मेटाबोलिक सिन्ड्रोम चाउचाउ नखाने मानिसमा भन्दा दुइगुणा बढि पाइएको तथ्य छ ।

पछिल्लो समयमा तयारी चाउचाउको सेवन अत्यधिक बढिरहेको र यसले स्वास्थ्यमा पूराउने जोखिमका विषयमा मानिसहरुमा चेतना नभएको र चेतना हुँदाहुँदै बेवास्ता गरेको परिस्थिती छ । चाउचाउमा प्रयोग हुने स्टाइरोफोम मा हुने हर्मोन डिस्रप्टर बिस्फेनोल ए – बीपीए नामक तत्व महिलाको स्वास्थ्यका लागि निकै हानिकारक हुने वैज्ञानिकहरुको भनाइ छ ।

चाउचाउमा मोनो सोडियम ग्लुटामेट, प्रसस्त मात्रामा संतृप्त बोसो, सोडियम मात्र नभै पेट्रोलियम पदार्थ शुद्धिकरण गर्दा बाँकी रहने रसायन टर्सियरी ब्युटाइलहाइड्रोक्विनोन – टीबीएचक्यू समेत प्रयोग भएको हुन्छ । यो पदार्थले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिन्छ र खाएको कुरा पच्न गाह्रो हुन्छ ।

चाउचाउ सेवनले निम्त्याउन सक्ने अन्य समस्याहरु

१. चाउचाउको सेवनगर्नाले रगतको कमी हुन्छ ।

२. जोर्नी (JOINTS) दुख्ने समस्या हुन्छ ।

३. स्मृति क्षमता कमजोर बनाउँछ ।

४. किड्नीमा असर गर्छन् ।

५. कलेजोलाई नराम्रो असर गर्छन् ।

६. सुन्ने क्षमतामा नराम्रो प्रभाव पार्छ ।

७. टाउको दुख्ने रोग निम्त्याउँछ ।

८. मोटोपना बढाउँछ ।

९. पाचन प्रणालीलाई नराम्ररी प्रभावित गर्छ।

पेट दुख्ने समस्या निम्त्याउँछ । यसकारण छिटो समयमा त्यार गर्न सकिने र सहज रुपमा उपलब्ध हुने भनिएतापनी चाउचाउ मानव स्वास्थका लागि हानिकारक छ। रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानि हुन्छ। तसर्थ चाउचाउ सेवन कम गरौ स्वस्थ जिवनसैली अपनाउँ। समृद्ध बनौँ।

प्रकाशित मिति August 21, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस