नाजिर हुसेन पछिल्लो पुस्ताका सफल कलाकार हुन । कुशल अभिनयका धनी नाजिर अहिले जति सफल छन् बिगत भने त्यत्तिकै पिडादायी छ । जुन कुरा सम्झेर उनी भावुक बनेका छन् । नाजिर मुस्लिम परिवारमा जन्मिएका हुन् । घर समान्य थियो । घरको अवस्था पनि सामान्य । वर्षा याममा पानी पर्दा घर भित्रै चुहिन्थ्यो । पढाई खर्च जुटाउन थौ थौ थियो । ५०–६० रुपैयाँ ज्याला लिएर धान काट्न जान्थे । आमाले रक्सी पारेर बेची पढाई खर्च जुटाउनु हुन्थ्यो । मुश्लिम घरको बुहारीले रक्सी पारेर बेच्ने अहिले असहज कुरा थियो ।
यद्यपी नाजिरको आमाले त्यो सब गर्नुपर्यो । दाजु मेकानिक थिए । भाइलाई पनि वर्कसपमा काम गर्न लैजान्थे । साइकलको पञ्चर टाल्न नसकेर उनी त्यहाँबाट भाग्थे । संघर्षपूर्ण दिन थियो नाजिरको ।नाजिर पछिल्लो समय रंगमञ्च तथा चलचित्रमा व्यस्त छन् । उनी अभिनित १० वटा चलचित्र प्रदर्शन भइसकेका छन् । चर्चित कलाकार नाजिरले टिभी फिल्मीको कार्यक्रम फिल्मी बहसमा कुरा गर्दै आफ्नो बिगतका संघर्षका दिनहरु सम्झीदा भावुक बनेका छन् ।
भिडियो हेर्नुहोस।।
प्रकाशित मिति August 21, 2020