१५ गतेबाट नाकामा कडाई गरेर गोरखा खोल्ने तयारी रेडियो गोरखा

१५ गतेबाट नाकामा कडाई गरेर गोरखा खोल्ने तयारी
रेडियो गोरखा
भाद्र १३, गोरखा ।
भदौ १ र ७ गते गरी दुई चरणमा थपिएको निषेधाज्ञाको समय गोरखामा भदौ १४ अर्थात भोली राती १२ बजेबाट सकिँदैछ । समुदायमा कोरोनाको जोखिम फैलिएको आशंकामा जिल्ला भित्र गरिएको निषेधाज्ञा १५ गतेबाट खोल्ने तयारी सरोकारवालाहरुको छ । सुरक्षा समिति सदस्य, स्थानीय तहका प्रमुख, ब्यापारी ब्यवशायी सबै जिल्ला भित्रको आन्तरिक बजार, यातायात, बैंक तथा बित्तिय संस्था खोलेर नाकालाई अझै कडाई गर्ने तयारीमा छन् । ‘म नगर तथा गाउँपालिकाका प्रमुखसँग छलफल गर्दैछु’ प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले भने ‘नाकामा अझै कडाई गरेर सर्वसाधारणको आवश्यकतालाई पनि ध्यान दिँदै अघि बढ्नुपर्छ भन्ने योजनामा छौँ ।’ आईतवार जिल्ला स्तरीय सिसिएमसीको बैठकले निषेधाज्ञाको बारेमा निर्णय लिने उनले बताए । गोरखा भित्रने मझुवा, पालुङटार, आरुघाट, गण्डकी र शहिदलखनको नाकालाई अझै कडाई गर्ने तयारी छ ।

प्रकाशित मिति August 29, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस