“फेरि पनि हामी कुलमानलाई नै दोहोर्‍याउछौ” मन्त्री पुन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ दोश्रो कार्यकालका लागि दोहोरिने भएका छन् । भदौ २९ कार्यकाल सकिन लागेकाले उनलाई दाेहोर्याउन ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले तयारी थालेका छन् । घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्न राजनीतिक नेतृत्वसँग मिलेर विद्युतको कुसल व्यवस्थापन गर्दै आएका छन् । समाचार दैनिकसँग मन्त्री पुनले भने- “उहाँको कार्यकाल अझै केही दिन बाँकी नै छ । भदौ २९ अघि नै मन्त्रालयका तर्फबाट उहाँलाई दोश्रो कार्यकालका लागि नियुक्ती गर्नका लागि प्रस्ताव जाँदैछ । त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उहाँ दोश्रो कार्यकालका लागि नियुक्त हुनुहुनेछ ।

घिसिङलाई दाेहाेर्याउने विषयमा मन्त्री पुनले प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत परामर्श गरेका छन् । सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा कार्यकारी निर्देशक घिसिङलाई दोहोर्याउन आवाज उठिरहेको छ । कार्यकारी निर्देशक घिसिङलाई ४ वर्ष अघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको प्रस्तावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्ति दिएका थिए ।

तत्कालिन प्रधानमन्त्री प्रचण्डले छिमेकी भारतबाट विजुली आयात गर्न एथेष्ट बजेट विनियोजन गर्न स्वीकृति दिएको, नीजि क्षेत्रबाट निर्माणाधिन केही परियोनाहरु सम्पन्न भएको र चुहावट भईरहेको विद्युतको अनुपात घटाउने लगायतका कदमका कारण तत्कालिन सरकारले औद्योगिक क्षेत्र बाहेकको लोडसेडिङ हटाएको थियो।

औद्योगिक क्षेत्रमा विद्युतको नियमित आपुर्ति गराएर देशभर लोडसेडिङ मुक्त बनाएको भने वर्ततमान सरकारले हो । कार्यकारी निर्देशक घिसिङको कार्यकाल मा केही राम्रा कामहरुको थालनी भएको छ भने केही प्रश्नहरु उनीमाथि समेत तेर्सिएका छन् । घिसिङको कार्यशैलीलाई लिएर कतिपय विषयमा प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएको यसअघि सार्वजनिक भईसकेको छ ।

प्रकाशित मिति August 30, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस