नेपालमा आज कोरो*नाबाट एकैदिन अहिलेसम्मकै धेरैको मृ*त्यु, देशभर मृ*त्यु हुनेको संख्या २ सय २१ पुग्यो

काठमाडौँ । नेपालमा आज कोरोनाबाट ४ महिला र १० पुरुष गरेर १४ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ सय २१ जना पुगेको छ । नेपालमा आज अहिलेसम्मकै सर्वाधिक १२ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । कुल संक्रमितमध्ये हाल १७ हजार ५ सय १८ वटा सक्रिय केशहरु छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २०८२२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै आज काठमाडौँ उपत्यकामा आज ४ सय २९ जना संक्रमित थपिएका छन् ।

जसमध्ये आज काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ तथा भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति August 30, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस