काठमाडौं । नेपालमा आज अहिलेसम्मकै सर्वाधिक १२ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यस्तै नेपालमा आज २ सय ६७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २०८२२ निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कूल संक्रमितको ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। त्यस्तै आज काठमाडौँ उपत्यकामा आज ४ सय २९ जना संक्रमित थपिएका छन् ।
जसमध्ये आज काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ तथा भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि हिजो १ सय ८६ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति August 30, 2020