सिन्धुलीमा ७२ वर्षीय वृद्धसहित २८ जनाले केरोनालाई जितेर खुशी हुँदै घर फर्किए

सिन्धुली -सिन्धुलीमा ७२ वर्षीय वृद्धसहित २८ जनाले केरोनालाई जितेर घर फर्केका छन् ।शनिबार मात्र जिल्लामा एकैपटक १६ जनाले कोरोना जितेर घर फर्किएका छन् ।

हालसम्म जिल्लामा २८ जनाले उपचार पछि कोरोना जितेर घर फर्किएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले बताए । हालसम्म ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका मध्य २० जना उपचाररत रहेको बताइएको छ ।

शनिबारसम्म २८ जना डिस्चार्ज भएपछि २० जनाको उपचार भइरहेको छ । संक्रमित सबैको अबस्था सामान्य रहेको बताइएको छ ।

 

 

प्रकाशित मिति August 30, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस