बालुवाटारमा प्रधानमन्त्री र बादलबीच भेटघाट

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेटाघाट गरेका छन्। उनीहरुबीच करिब १ घन्टा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। पू’र्वमाओवादी स’मूहका बादलले नेकपा वि’भाजन पछि आफू कुन स’मूहमा जानेबारे अहिलेसम्म निर्णय गर्न सकेका छैनन्। सोही विषयमा निर्णय गर्न बादलले प्रधानमन्त्रीलाई भेटेको हुनसक्ने स्रोतको दा’वी छ। यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुल्चोकमा पुगेर बादललाई आफ्नो स’मूहमा आउन आग्रह गरेका थिए।

भेटपछि प्रचण्डले बादल आफ्नो पक्षमा आउने दा’वी गरेका थिए। तर मंगलबार भएको प्रचण्ड नेपाल समूहको स्थायी कमिटी र केन्द्रीय समिति बैठकमा भने सहभागी भएनन्। मंगलबार बादल र उपाध्यक्ष वामदेवबीच छलफल भएको थियो। गौतमसँग छलफल गर्न बादल भैंसेपाटी गएका थिए। गौतमले पनि अब कुन स’मूहमा जाने भन्ने बारे स्पष्ट छैनन्। प्रचण्ड–माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठकले केपी ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षबाट ह’टाएको छ भने माधव नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

आजै प्रचण्डलाई संसदीय दलको नेता चु’न्न बानेश्वरमा प्रचण्ड-नेपाल समूहको बैठक बस्दैछ। मंगलबार ओली स’मूहको बैठकले नारायणकाजी श्रेष्ठलाई ह’टाएर प्रदीप ज्ञवालीलाई पार्टी प्रवक्ता बनाएको छ भने ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थ’पेर महाधिवेशन आयोजक कमिटीको घो’षणा गरेको छ। बाँकी १९७ जना सदस्य पछि थपिने भएको छ।

प्रकाशित मिति December 23, 2020
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस