दुनियाले आशा गरेका इमरान खानले यो के गरे ? आफ्नै देशका जनताले समेत धिक्कार्न थाले !

दुनियाले आशा गरेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानको शासनकालमा पाकिस्तानको आर्थिक ऋण बढेर २३८ खर्ब पुगेको छ । इमरान खानको तीन वर्षे शासनकालमा पाकिस्तानको ऋण बढेर २३८ खर्ब पुगेको शुक्रबार सार्वजनिक एक सरकारी प्रतिवेदनले देखाएको छ । सरकारी प्रतिवेदन सार्वजनिक भएपछि प्रम खानलाई आफ्नै देशका जनताले धिक्कार्न थालेको खबर छ ।

सेन्ट्रल बैंक अफ पाकिस्तानद्वारा सार्वजनिक सरकारको वार्षिक प्रतिवेदन अनुसार पाकिस्तानको कुल ऋण ६३८ खर्ब रहेको छ भने इमरान खानको शासन काल अर्थात् तीन वर्षको अन्तरालमा २३८ खर्ब पुगेको छ ।

पाकिस्तानका स्थानीय मिडियाका अनुसार पाकिस्तान पिपुल्स पार्टी र १० वर्षे पाकिस्तान मुस्लिम लिग नवाज सरिफको पालामा पाकिस्तानको ऋण ८० प्रतिशतले बढेको थियो।

पाकिस्तानमा सार्वजनिक ऋण पनि ८ प्रतिशतले बढिरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोभिड महामारीको समयमा पाकिस्तानको ऋण झनै बढेको हुनसक्ने न्युज इन्टरनेसनलले जनाएको छ ।

प्रकाशित मिति September 4, 2021
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस