काठमाडौँ । सर्वोच्च अदालतले तनहुँको क्षेत्र नम्बर २ को प्रदेश सभाको (क) का मतपत्र मगाउने निर्णय गरेका छ ।
नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेलले पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए । पौडेल सो क्षेत्रमा माओवादीकी आशा कोइरालासँग ५ मतले पराजित गरेका थिए ।
सो मुद्दामा सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको संवैधानिक इजलासले सो क्षेत्रको सम्पूर्ण मतपत्र अदालतमा पेश गर्न आदेश दिएको छ ।
त्यस्तै संवैधानिक इजलासले धनुषा–३ को चुनावबारे स्थानीय टेलिभिजनले प्रसारण गरेको सामग्री झिकाउन पनि आदेश दिएको छ ।
सो क्षेत्रमा कांग्रेसका विमलेन्द्र निधिलाई हराउँदै राजपाका राजेन्द्र महतो विजयी भएका थिए । चुनावमा तेस्रो भएका माओवादीका रामसिंह यादवले मतदानको बिहान स्थानीय टेलिभिजनमा प्रसारित सामग्रीको असरले आफूले हारेको भन्दै पुनः मतदानको माग गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए ।
प्रकाशित मिति January 3, 2018