राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता सुरेन्द्रराज पाण्डे प्रदेश–४ बाट सर्वाधिक मतका साथ विजयी भएका छन्।
नयाँशक्ति नेपाल र राष्ट्रिय जनमोर्चाको समेत मत पाएका पाण्डे २ हजार २ सय ६२ मतका साथ विजयी भएका हुन्।
पहिलो चरणकै मतगणनामा विजयी भएपनि माओवादी केन्द्रका बरिष्ठ नेता दीननाथ शर्मा तेस्रो नम्बरमा विजयी भए।
शर्माले १ हजार ५ सय ३० मत प्राप्त गरी विजयी भए भने एमालेका गणेश तिमिल्सिना १ हजार ७ सय ८२ मतका साथ दोस्रो स्थानमा रही विजयी भए।
कांग्रेसका पाण्डे, एमालेका तिमिल्सिना र माओवादी केन्द्रका शर्मा खुल्लातर्फबाट राष्ट्रिय सभामा पुगेका हुन्।
कांग्रेसको केन्द्रीय समिति सदस्य रहेपनि पहिलो र दोस्रो संविधान सभा चुनावमा टिकट नपाउने पाण्डे एकमात्र सदस्य थिए।
प्रकाशित मिति February 7, 2018