नेपाली महिला फुटबल टोलीले पाकिस्तानलाई बोकायो ९ गोलको भारी !

काठमाडौं, कात्तिक ११
यु–१९ एएफसी महिला च्याम्पियनसिप छनौट फुटबलमा नेपाली टोलीले पाकिस्तानलाई नमिठो हार चखाएको छ । आज थाइल्यान्डमा भएको आफ्नो तेस्रो खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरको नमिठो हार चखाएको हो ।

नेपाललाई फराकिलो जित दिलाउन निशा थोकरले ह्याट्रिक गरिन् भने पूरा राजनाले २ गोल गरिन् । नेपालका लागि खेल सुरु भएको २ मिनेटमै मन्जली कुमारीले गोल गरेर खाता खोलेकी थिइन् ।

नेपालका बाँकी ४ गोल सम्झना लावती, एलिसा जिम्बा र सरु लिम्बूले १–१ गोल गरे । प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको हो । यसअघि उसले भारतलाई २–० ले हराएको थियो ।

तर, नेपालले आफ्नो खेलमा भने थाइल्यान्डसँग ३–० को हार भोगेको थियो । जारी प्रतियोगितामा नेपाल रहेको समूह ‘बी’ थाइल्यान्ड, भारत, सिंगापुर र पाकिस्तान परेका छन् ।

प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार १९:३०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस