पारस खड्का सन्दिपको खेल हेर्न अस्ट्रेलिया

एजेन्सी, पुस १७
नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका कप्तान पारस खड्कालाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल हेर्न सन्दिपको टिम मेलबोर्न स्टार्सले निम्तो दिएको छ । खड्कालाई मंगलबार हुने मेलबर्न रेनेगेड्ससँगको खेल आफ्नै बक्समा बसेर हेन निम्तो दिएको हो ।

मेलवर्नमा सन्दीप र पारसले केहि समयसँगै अभ्यास पनि गरे। विग ब्यासमा सन्दीपले मेलवर्न स्टारबाट खेल्दै सानदार प्रर्दशन गरि रहेका छन् । अभ्यासपछि एक कार्यक्रममा सन्दीपले पारसलाई आफ्नो जर्सि समेत दिएका छन् । पारस सहित दीपेन्द्र सिंह ऐरी र यू–१९ राष्ट्रिय टोलीका पूर्व सदस्य सुवास प्रधान एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको प्रायोजन र नेपालय इन्टरसेनसलको व्यवस्थापनमा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रमका लागि अष्ट्रेलियामा छन् ।

खेल आज (पुस १६ ) दिउसो २ बजे सुरु हुनेछ

प्रकाशित मिति १७ पुष २०७५, मंगलवार ०७:४८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस